काठमाडौँ – सरकारको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि प्रारम्भ भएको छ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव प्रस्तुत गरेका थिए।
बिहान ११ बजेदेखि शुरु भएको बैठकमा सांसदहरुले छलफलमा भाग लिइरहेका छन्। छलफलमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, मिनेन्द्र रिजाल, राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्ण, राजेन्द्र महतो लगायतका नेताहरुले बोलिसकेका छन्।