काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी आज अपरान्ह साढे ३ बजे नै अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर जाने कार्यक्रम रहेको हुँदा उनी त्यहाँबाट नफर्कुञ्जेलसम्म वैकल्पिक सडक प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ। उनले आज संघीय संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम पेश गर्दैछिन्।
सो क्रममा महाराजगञ्जदेखि लाजिम्पाट–लैनचौर–केशरमल–दरबारमार्ग–जमल–न्यूरोड–भद्रकाली–सिंहदरबार–माइतीघर–नयाँ बानेश्वरसम्मको सडक खाली गराउन सूचना जारी गरिएको हुँदा ट्राफिक प्रहरीले ३ः३० बजेदेखि सो क्रममा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको हो।
https://twitter.com/valleytraffic/status/1124210707338108928
साथै ट्राफिक व्यवस्थापनसम्बन्धी जानकारी लिनुपर्ने भए १०३ मा सम्पर्क गर्न आग्रह गरिएको छ।