काठमाडौँ – फायरवर्डस मिडियाले आयोजना गरेको फायरवर्डस सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले गरेका थिए।
राजनितिज्ञ, युवा, व्यवसायी सहभागि कार्यक्रममा परिवर्तनबारे चर्चा र बहस गरिएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका युबा, उद्यमी, व्यवसायी र राजनीतीक व्यक्तिबीच समूहमा छलफल भएको थियो।
राजनीतिक प्यानलमा नेकपाकी नेतृ बिन्दा पाण्डे, पुर्बाधारविद् डा.सुर्य राज आचार्य, नेपाली कांग्रेसका नेता प्रदिप पौडेल र नागरिक समूहका प्रमुख निगम हुमगाइले कहिले, कसले र कसरी परिवर्तन आउन्छ भन्ने बिषयमा छलफल गरेका थिए। उद्यमीबीच भएको छलफलमा ज्योति बिकाश बैंकका सिइओ मनोज ज्ञावली, इ–सेबा का सिइओ अस्गर अली, ग्लोकल प्रा.लिका इडी. आशिष ठाकुर सहभागी भए।
युथ प्यानलमा बिबेकशिल पार्टीकी नेतृ रन्जु दर्शना, अनेरास्ववियूका महासचिब ऐन महर, नेपाली बिद्यार्थी संघका नेता प्रेम जोशी, मास्टर पिस.एन.वाइ.सि का फाउन्डर सरोज बनिया थिए भने ट्रेनर रबिन कटुवालले युबाहरुले नेपालमै बसेर कसरी काम गर्ने? सफल कसरी हुने? भन्ने बिषयमा चर्चा गरे।
युवाहरुलाई नेपालमै केहि गर्न सकिन्छ, परिबर्तन सम्भब छ भन्ने कुराको जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको आयोजक फायरवर्डस मिडियाका सिइओ अशोक रोकयाले जानकारी दिए।