काठमाडाैँ, २४ पुस। च्याम्पियन बनिसकेको मनाङमर्स्याङ्दी क्लबले लिगको अन्तिम खेलमा आज फ्रेन्ड्स क्लबको सामना गर्दै छ।
सतप्रतिशत जित निकालेको मनाङले २ खेल अगाडिनै उपाधि सुनिश्चित गरेकाे हाे। आफ्नाे सबै १२ खेलमा जित निकालेर ३६ अंक बनाएकाे मनाङ मंगलबार एन्फा कम्प्लेक्समा पनि विजयी हुँदैँ ऐतिहासिक रूपमा लिग यात्रा टुंग्याउने याेजनामा छ।मनाङले याेसहित आठौं पटक ए डिभिजन लिग जितेको हो।
फ्रेन्ड्स भने आफ्नो अन्तिम खेलमा मनाङलाई रोक्दै अन्तिम दुईमा पर्नबाट बच्ने दाउमा छ। लिगको १२ औं स्थानमा रहेको फ्रेन्ड्सकाे ९ अंक छ ।
आजै हुने अर्को खेलमा न्युरोड टिम (एनआरटी) ले बिग्रेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
लिगको उपविजेता भने संकटा बनेको छ। त्यस्तै, लिगको तेस्रो थ्रीस्टार हुँदा चौथो आर्मी, पाँचौ एपीएफ र पुलिस छैटौँ स्थानमा समेटिएका छन्।