विराटनगर – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले बिहीबारदेखि प्रदेश १ को संसद घेराउ गर्ने भएको छ। मंगलबार इटहरीमा बसेको मञ्चको पदाधिकारी बैठकले प्रदेश सभाको संसद अनिश्चितकालीन घेराउ गर्ने घोषणा गरेको हो।
नामकरण र राजधानी तोक्ने विषयलाई दलीय सहमतिबिना दुई तिहाइ बहुमतको आडम्बरमा प्रदेश सभाले ‘मनोपोली’ गर्न लागेको कार्यवाहक अध्यक्ष ज्ञानबहादुर गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। संविधान संशोधन गर्दै पहिचानको आधारमा १०+१ प्रान्त निर्माण, ऐतिहासिक शहर विजयपुरलाई राजधानी घोषणा तथा प्रदेशको नाम ‘लिम्बुवान र किरात खम्बुवान’ हुनुपर्ने परिषदको माग छ।
मञ्चका सचिवालय सदस्य साजन याक्खाले गैरभौगोलिक एकसहित ११ प्रान्त पार्टीको अन्तिम ‘बटमलाइन’ भएको बताए। उनका अनुसार पार्टी अध्यक्ष कुमार लिङ्देन ‘मिराक’को नेतृत्वमा संसद घेराउ गर्न व्यापक तयारी भइरहेको छ।
प्रदेश सभाले नाम र स्थायी राजधानीका लागि प्रस्ताव दर्ता गराउन बिहीबार सम्मकाे समय सीमा तोकेकाे छ। दर्ता भएका प्रस्तावउपर छलफल गरी यही वैशाख २२ गतेभित्र नाम र राजधानी टुङ्गाे लगाउने प्रदेश सभाको तयारी छ।
मञ्चद्वारा जारी विज्ञप्ति:
