काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक दिवसको शुभकामना दिएका छन्। १३०औँ विश्व मजदुर दिवसको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण श्रमजीवीलाई शुभकामना दिएका हुन्।
सन्देशमा प्रचण्डले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न नेकपा र त्यसले नेतृत्व गरेको वर्तमान सरकार प्रतिवद्ध रहेको पनि बताएका छन्।