काठमाडौं – संघिय समाजवादी फोरम नेपाल, पर्साका अध्यक्ष तथा सांसद प्रदिप यादवले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिवास्वन नदेख्न सचेत गराएका छन्। प्रदेश नम्बर २ मा छिट्टै नेकपाको सरकार बन्ने प्रचण्डको अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद यादवले प्रचण्डलाई यथार्थमा जिउन आग्रह गरेका हुन। ‘दुई नम्बर प्रदेशमा नेकपा सरकार बन्छ भन्नु दिवास्वप्न बाहेक केहि हुन सक्दैन्,’ सांसद यादवले भने, ‘यस्ताखाले सपनाको आधारका जथाभावि बोल्दै हिड्न भएन नि।’
प्रदेश नम्बर २ को सरकारले गरेको राम्रो कामबाट आत्तिएर प्रचण्डले यस्ता अभिव्यक्ति दिँदै हिडेको सांसद यादवको भनाई छ। ‘अरु प्रदेशको तुलनामा २ नम्बर प्रदेश सरकारले निकै राम्रो काम गरिरहेको छ,’ यादवले भने, ‘मधेसवादी दलले चलाएको सरकारले राम्रो काम गर्यो भनेर नेकपाको सातो गएको हो।’ प्रदेश नम्बर २ को सरकारले बालुवाटार बेच्दै हिडेको छैन भन्दै उनले कटाक्ष समेत गरे।
सांसद यादवले केहि मधेसवादी दलका नेताहरु नेकपा प्रवेश गर्दैमा नमात्तिन आग्रह गरे। ‘मधेसी जनताले पुर्ण रुपले अस्विकार गरेको नेतालाई पार्टी प्रवेश गराएर केहि हुँदैन्,’ यादवले थपे, ‘क्षमता छ भने तत्कालिन नेकपा र माओवादी त्यागेर ससफोमा आएका नेता कार्यकर्ता फर्काएर देखाउनुस। दुई नम्बर प्रदेश सरकारले सफलतापुर्वक आफ्नो सरकार चलाउने उनले विश्वास व्यक्त गरे।