धनगढी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना जिल्ला सचिवले शपथ अस्वीकार गरेका छन् । सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा आइतबार भएको शपथ कार्यक्रममा डडेल्धुरामा सचिवको जिम्मेवारी पाएका तारादत्त जोशी, बझाङका सचिव दिलबहादुर सिंह र दार्चुला सचिव रामदत्त जोशी उपस्थित नै भएनन्।
पद बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै उनीहरूले शपथ नलिएका हुन् । तारादत्तले भने, ‘१० वर्षदेखि तत्कालीन एमालेको जिल्ला कमिटीको नेतृत्व गरिरहेको छु,अहिले उपल्लो तहमा पुग्ने बेला फेरि तल झारेपछि स्वीकार्य भएन।’ नेकपा स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले बाँकी ९ वटै जिल्लाका अध्यक्ष र सचिवलाई शपथ गराएका थिए।