इटहरी – नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कांग्रेसलाई अब तल्लो तहबाटै परिर्वतन गर्नु पर्ने बताएका छन्। शुक्रबार कांग्रेस धनकुटाद्वारा आयोजित पूर्व केन्द्रीय कोषाध्यक्ष स्वर्गीय रामकृष्ण ताम्राकारको श्रद्धाञ्जली कार्यक्रमका नेता सिंहले कांग्रेस अहिले इतिहासकै कमजोर भएको बताए।
उनले ताम्राकारले पार्टीमा पुर्याएको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरे। कार्यक्रमका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसीले पार्टी विधि र विधानअनुरुप सञ्चालन गरे सबै समस्या समाधान हुने बताए।
श्रद्धाञ्जली कार्यक्रममा १ नम्बर प्रदेशका सांसद लिला सुब्बा, नेपाली कांग्रेसका महासमिति सदस्य आनन्द सन्तोषी राई लगायतले कांग्रेसमा आमूल परिवर्तनको खाँचो रहेकाले अब कांग्रेसलाई नया ढंगबाट पुर्नसंगठित गर्नु पर्नेमा जोड दिएका थिए।