विराटनगर – प्रदेश नं. १ को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले मोरङको पथरीमा केही दिन अघि भएको रिना बस्नेतको रहस्यमय मृत्युको घटनामा प्रदेश सरकार गम्भिर नभएको आरोप लगाएका छन्। उनीहरुले बस्नेतको रहस्यमय मृत्युको घटनामा सरकारलाई गम्भिर हुन आग्रह समेत गरका छन्।
बिहिवार बसेको प्रदेश सभाकोे बैठककाे विषेश समयमा बोल्दै प्रतिपक्ष दल नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले पछिल्लो समय पथरी लगायत सो आसपासको क्षेत्रमा श्रृखलाबद्ध रुपमा अपराधका घटना बढेको भन्दै शान्ति सुरक्षा कायम गराउन प्रदेश सरकार असफल भएको भन्दै ध्यानाकर्षण गराए। राईले पथरी, कानेपोखरी आसपासको क्षेत्रमा जनता अहिले निर्धक्क भएर हिडडुल गर्न नसकने अबस्था सृजना भएको सुरक्षा व्यवस्था मिलाउन माग गरे।
गत शुक्रबार पथरिमा भेटिएको बस्नेतको शव भवितव्य भन्दै प्रहरी पन्छन खोजेको उनको तर्क थियो। त्यस्तै, उनले इलाका प्रहरी कार्यालय पथरीमा डीएसपीको दरबन्दी कायम गराउन पनि प्रदेश सरकारसँग माग गरेका छन्।
विधेयक पारित
बिहिवार बसेको प्रदेश सभा बैठकले प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले तयार पारेको विधेयकलाई सामाजिक विकास समितिमा दफावार छलफलपछि संसदमा ल्याइएको थियो। सामजिक विकास मन्त्री जिवन घिमिरेले विधयेक पारित गरियोस भनि सदनमा प्रस्तुत गरेका थिए।