काठमाडौँ – सरकारले बारा र पर्सामा हावाहुरीका कारण क्षति पुगेका घर निर्माणका लागि नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हावाहुरीका कारण क्षति पुगेका घर निर्माणका लागि नेपाली सेनालाई उक्त रकम दिने निर्णय गरिएको जानकारी दिए।
उनका अनुसार त्यसबाट १४ सय ५३ वटा घर निर्माण गरिने छन्। सरकारले यसअघि नै बारा र पर्सामा चैत १७ गते साँझ २८ जनाको ज्यान जाने गरि आएको हावाहुरीबाट क्षतिग्रस्त घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।