काठमाडौँ – सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको छ।
वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय बिहिबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त कुराको जानकारी दिए।
अहिलेसम्मको कार्यकालका लागि राजदूत कोइरालाई धन्यवाद दिदै बाँस्कोटाले आवश्यकता महसुस गरी राजदूत कोइरालालाई फिर्ता बोलाइएको बताए। कोइरालालाई २ वर्षअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राजदूत बनाएको थियो।