काठमाडौँ - नेपालमा शक्तिशाली भूकम्प गएको बिहिबार चार वर्ष पूरा भएको छ। चार वर्षअघि अर्थात २०७२ साल वैशाख १२ गते ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पमा परि ८ हजार ७ सय ९० जनाले ज्यान गएको थियो भने झण्डै २२ हजार घाइते भएका थिए। भूकम्प गएको दिनलाई सबैले आ-आफ्नै तरिकाले सम्झिरहेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता व्रिश्वप्रकाश शर्माले पनि सामाजिक सञ्जाल फेसबुकमा भूकम्पसम्बन्धि गित राख्दै सम्झिएका छन्।
भूकम्प गएका बेला शर्माले ‘भूकम्पमा गुमेका आफन्तको कसम, हामी जुठ्छौँ, फेरि उठ्छौँ..... बोलको गित लेखेका थिए। जसमा शब्द र संगीत उनकै थियो भने शिशिर योगीको स्वर तथा राजेश हमालको अभिनय रहेको थियो।
उक्त गितको भिडियो सामाजिक सञ्जाल फेसबुकमा राख्दै उनले लेखेका छन्:
‘कहिल्यै लेख्नु नपरोस् यस्तो गित, देशले कहिल्यै भोग्नु नपरोस् यस्तो पीडा!
बैशाख १२ को भुकम्प लगत्तै
मेरो शब्द र संगीत, शिशिर योगिको स्वर र राजेश हमालको अभिनय’
‘जीवन गुमाउने सबै आफन्तमा हार्दिक श्रद्धाञ्जली !!!
https://www.facebook.com/bishwaprakashS/videos/2108696572519475/?t=97