काठमाडौँ – राष्ट्रिय जनता पार्टी, नेपालले वैशाख ७, ८ र ९ गते राष्ट्रिय महाधिवेशन गर्ने भनेको थियो। तर, तयारी नपुगेको भन्दै अन्तिममा राष्ट्रिय महाधिवेशन स्थगित गरियो।
त्यसबाट उक्त पार्टीका तल्लो तहका नेता तथा कार्यक्रमहरु असन्तुष्ट बनेका छन्। उनीहरुले तत्काल महाधिवेशन गर्न शिर्ष नेतृत्वलाई दबाब दिन थालेका छन्। तीन दिनदेखि काठमाडौँमा राष्ट्रिय जनता पार्टी, नेपालको पदाधिकारी समितिको बैठक पनि जारी छ। त्यसमा शिर्ष नेतृत्वलाई तत्काल महाधिवेशन गर्न चर्को दबाब आएको छ।
बुधबारको बैठकमा पनि नेताहरुले शिर्ष नेतृत्वलाई महाधिवेशन गर्न ढिलाई गर्न नहुने दबाबसहित सुझाव दिएका छन्। बैठकमा अधिकांश नेताहरुले छिटो महाधिवेशन गर्न माग गरेको महासचिव केशव झाले बताए। त्यसबारे शिर्ष नेतृत्वले सोच्ने बेला आएको समेत उनले बताए।