काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी विप्लवमाथि सरकारले प्रतिबन्ध लगाएपछि साना चारवटा कम्युनिष्ट पार्टीहरुले कार्यगत एकता गरेका छन्।
जसमा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र गोपाल किराती नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच मङ्गलबार कार्यगत एकता गरेका हुन्।
कार्यगत एकताको घोषणा गर्दै विप्लव नेतृत्वको नेकपा माथि लगाइएको प्रतिबन्ध खारेजी गर्न माग समेत गरिएको छ। त्यसका साथै गृह मन्त्रालयले जन्मको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय फिर्ता लिन पनि आग्रह गरिएको छ।