काठमाडौँ – नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएको छ। क्यान्सर रोगबाट पीडित ७५ वर्षिय ताम्राकारको उपचारको क्रममा मंगलबार दिउँसो अल्का अस्पतालमा निधन भएको हो।
उनको शवलाई अहिले शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। ताम्राकार २०४८ र ०५६ मा रुपन्देही २ बाट सांसदमा निर्वाचित भएका थिए।
कांग्रेसले बुधबारदेखि देशव्यापी राष्ट्रिय जागरण अभियान शुरु गर्न लागेको थियो। ताम्राकारको निधन भएपछि उक्त अभियान केहीदिन पछि सारिने कांग्रेसले जनाएको छ। त्यसका लागि कहिले केही बेरमा कांग्रेस बैठक बस्दैछ।