काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्रोहको भ्रम नपाल्न सबैमा आग्रह गरेका छन्। पूर्व प्रधानमन्त्री रहेका दाहालले फेरि विद्रोह, हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था नआउने भन्दै त्यसको भ्रम लिएर नहिड्न आग्रह गरेका हुन्।
मंगलबार ललितपुरमा आयोजित आदिवासी–जनजातिहरुको अधिकारसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै आदिवासी–जनजातिलाई दाहालले भने, ‘तपाईहरुलाई पनि विद्रोहको भ्रम लिएर नहिँड्न सचेत गराउन चाहन्छु।’
आदिवासी–जनजाति समूदायका अधिकार सुनिश्चितताका लागि संविधानमा विभिन्न आयोगको व्यवस्था गरिएको भन्दै दाहालले त्यसको कार्यान्वयनका लागि लाग्न आग्रह समेत गरे।