काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकताले नेपालमा आक्रामक रुपधारण गरेको बताएका छन्।
यो एकतासँगै आफूहरुको पार्टी नेकपालाई आशंका गर्ने दिन सकिएको उनले बताए। विश्वभर कम्युनिष्ट पार्टी रक्षात्मक अवस्थामा रहेका बेला नेपालमा भने आफूहरु बलियो ढंगले अघि बढेको प्रचण्डले ठोकुवा गरे।
कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा बोल्दै प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र सांगठनिक रुपमा समेत आक्रामक ढंगले अघि बढेको उल्लेख गरे।
‘नेपालमा कम्युनिष्ट आन्दोलनले आक्रामक मोर्चाको रुपधारण गरेको छ, विश्वभरबाट यसको गहिरो ढंगले अवलोकन भइरहेको छ’, प्रचण्डले भने ‘सामाजिक न्याय सहितको समाजवादतर्फ हामी अघि बढिरहेका छौँ,’ उनले भने।