बिर्तामोड - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको जिकिर गरेका छन्।
झापाको चन्द्रगढी विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै सभापति देउवाले सरकारका पछिल्ला गतिविधिले अधिनायकवादको संकेत गरेको बताए। उनले सेना परिचालनको जिम्मा प्रधानमन्त्रीमातहत ल्याउन खोज्नु र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेर सरकारले अधिनायवादी चरित्र देखाएको बताए।
देउवाले नेकपाका महासचिव विष्णु पौडेलले किनेको भनिएको ८ आना जग्गा सुवर्ण शमशेरको रहेको पनि दाबी गए। उनले भने, ‘ललिता सुवर्णकी श्रीमती हुनुहुन्छ। सरकारले अधिग्रहण गरेको जग्गा यदि कसैले पाउने भए त्यो जग्गा सुवर्ण शम्शेरका नातिले पाउनु पर्छ।’