काठमााडौँ – समृद्ध लिस्तीकोट निर्माण अभियान उग्रचण्डी भगवति गुरुयोजना सार्वजनिक गरिएको छ। लिस्तीमाई गुठी सेवा समिति भोटेकोशी गाँउपालिका–१ सिन्धुपाल्चोकले आईतवार रिपोर्टर्स क्लब नेपालमा गरेको कार्यक्रममा गुरुयोजना सार्वजनिक गरेको हो।
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिका वडा नम्बर–१ मा अवस्थित् लिस्तीकोट धार्मिक, ऐतिहाँसिक, पुरातात्विक र सांस्कृतिक दृष्टिकोणले जिल्लाकै एक महत्वपुर्ण स्थल हो।
लिस्तीकोट क्षेत्रमा रहेको उग्रचण्डी लिस्तीमाई भगवती मन्दिरलाई केन्द्रमा राखेर यस भेगकै सम्पुर्ण धार्मिक ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुलाई समेटेर नेपालकै एक नमुना पर्यटकीय स्थल निर्माण गर्ने पवित्र उद्देश्यका साथ उग्रचण्डी भगवती गुरुयोजनाको निर्माण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा प्रतिनिधिसभा सिन्धुपाल्चोक क्षेत्र नम्बर एकका सांसद् अग्नि सापकोटाले सार्वजनिक गरिएको गुरुयोजना अग्रगामी विकासको प्रारुप रहेको बताए। कृषि विकास नै नेपालको विकासको आधार भएपनि धार्मिकस्थल तथा पर्यटकीय स्थलको पनि प्रमुख भुमिका रहने भन्दै उनले सिन्धुपाल्चोक एक ऐतिहाँसिक जिल्ला भएको स्मरण गराए।
लिस्तीकोट बिकासका लागि असिमित सम्भावना बोकेको क्षेत्र रहेको बताउदै उनले भुकम्पपछि बन्द रहेको तातोपानी नाका चाँडै नै खुल्नेसमेत जानकारी दिए।
सन् १९०५ मा प्रकाशित उक्त पुस्तकमा नेपालको बिभिन्न ईतिहाँस समेटेको र जसमा लिस्तीकोटको समेत चर्चा भएको कारण यो क्षेत्रलाई कुटनीतिक दृष्टिकोणले समेत चासोको स्थान रहेको छ। सो अवसरमा समृद्ध ‘लिस्तीकोट निर्माण अभियान उग्रचण्डी भगवती गुरुयोजना’ नामक पुस्तकको पनि बिमोचन गरिएको छ।