बुटवल - ऐतिहासिक जितगढी किल्लाको विजयोत्सव समारोहलाई सम्बोधन गर्न बुटवल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ। समारोहलाई सम्बोधन गरिररहेका प्रधानमन्त्री ओलीलाई एक युवकले कालोझण्डा देखाएका हुन्।
‘मेरो देश मेरो प्राण, उजिरसिंह जिन्दावाद’ भन्ने नारा लगाउँदै कार्यक्रमस्थलमा प्रवेश गरेर उनले कालोझण्डा देखाएको प्रहरीले जानकारी दिएको छ।
कालोझण्डा देखाउने अर्घाखाचीका रुद्रप्रसाद घिमरे रहेको प्रहरीले बताएको छ। तत्कालै प्रहरी नियन्त्रणमा लिएका घिमिरे कुन पार्टी तथा संगठनमा आवद्ध छन् भन्ने कुरा खुलेकाे छैन।