काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको सबैको भावना समेट्ने खालको तदर्थ समिति ल्याउने तयारी भइरहेको बताएका छन्। नेविसंघको ४९औँ स्थापना दिवसको अवसरमा नेविसंघद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।
३२ वर्षमाथि मुनिको भन्दा पनि सबैलाई अवसर दिने, विद्यार्थीको भावना समेट्ने र समयअनकुल काम गर्न सक्ने समिति ल्याउछौँ,’ देउवाले भने। नेविसंघको नेतृत्वको चयनमा अन्याय नगर्ने पनि उनले प्रतिवद्धता गरेका छन्।
समयमा महाधिवेश गर्न नसकेपछि माघ २८ गते नैनसिंह महर नेतृत्वको कार्यसमितिले राजीनामा दिएको थियो। महाधिवेशनको प्रयोजनका लागि तदर्थसमति गठन गर्ने जिम्मेवारी पाएका देउवाले अहिलेसम्म गठन गर्न सकेका छैनन्।