काठमाडौँ – लगानी सम्मेलनमा प्रस्तुत गरिएका परियोजनाहरुमा लगानी प्रस्ताव गर्ने अवधि एक महिना थपिएको छ। ठूला पूर्वाधार, जलविद्युत तथा अन्य औद्योगिक परियोजनामा विदेशी लगानी भित्र्याउने उद्देश्यले सरकारले गत चैत १५ र १६ गते लगानी सम्मेलन आयोजना गरेको थियो।
उक्त सम्मेलनमा प्रस्तुत गरिएका परियोजनाहरुमा लगानी प्रस्ताव गर्ने समय २० अप्रिल २०१९ थियो। तर बिहीवार बसेको लगानी बोर्डको बैठकले इच्छुक लगानीकर्ता तथा विकासकर्ताहरुले प्रस्तावसहितको निवेदन पेश गर्ने म्याद २० अप्रिल २०१९ बाट एक महिना थप गरी २० मई सम्म बनाएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको सो ३७औँ बैठकले लगानी सम्मेलनमा प्रस्तुत गरिएका परियोजनाहरुमा प्राप्त प्रस्तावहरुको मूल्यांकनलगायत कार्यको अनुगमान गर्न तथा उक्त अवसरमा भएका समझदारी तथा संयुक्त लगानी सम्झौताको कार्यान्वयन तथा अनुगमान गर्न प्रधानमन्त्री कार्यालयका आर्थिक तथा पूर्वाधार हेर्ने सचिवको अध्यक्षतामा पाँच सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ।
उक्त संयन्त्रमा भौतिका पूर्वाधार तथा यातायात मन्त्रालयका, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा लगानी बोर्डको कार्यालयकबाट एक–एक जना सहसचिव सदस्यको रुपमा रहने बताइएको छ।