काठमाडौँ - मन्त्रिपरिषदले नेपाल प्रशासन सेवाको समूहीकरण (क्ल्स्टर) तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा प्रथम श्रेणीका सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरेको छ। मन्त्रिपरिषदको चैत २ गते बसेको बैठकले सरकारका सचिवहरुको बढुवा तथा पदस्थापन गर्ने क्रममा बस्याललाई बढुवा गरेको हो।
उनलाई बढुवासँगै पोखरास्थित गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिवका रुपमा पदस्थापन गरेको छ। त्यस्तै, सचिव केवल भण्डारीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिवमा पदास्थपन गरेको छ।
प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालका प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र महानगरका यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयको सचिवको जिम्मेवारी दिएको छ।
मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पदस्थापन गरेको छ भने कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ।
मन्त्रिपरिषदका निर्णयहरू:
