काठमाडौँ - नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७५ सालको असफलताबाट पाठ सिकेर २०७६ सालमा जिम्मेवार भएर अभिव्यक्ति दिन र काम गर्न आग्रह गरेको छ।
प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ती जनाउँदै सरकार असफल भएको निश्कर्ष निकालेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको केही दिन अघि कांग्रेसलाई लक्षित गर्दै ‘नन्दी भृंगी’ भेला गराएर आन्दोलन गर्न लागेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
प्रवक्त शर्माले भने,‘सरकारले संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, शान्ति सुरक्षा कुनै पनि काम अपेक्षाअनुसार गर्न नसकेको आफ्नो पार्टीको निश्कर्ष छ।’