काठमाडौँ - नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपाको ताम्सालिङ सरकारका सूचना तथा सञ्चार प्रवक्ता रसुवाली कवि भनिने ठाकुर प्रसाद तिम्सिना पक्राउ परेका छन्।
प्रवक्ता तिम्सिनालाई सोमबार बिहान काठमाडौँको बालाजुबाट प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको प्रहरी सुत्रले बताएको छ।
पक्राउ परेका तिमिल्सिनालाई सशस्त्र प्रहरीको टोलीले महानगरीय प्रहरी वृत्तमा बुझाएको छ।