काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी विप्लवका नेता नर बहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ वर्षको शुभकामनासहित उनको नैतिकतामाथि प्रश्न गरेका छन्।
उनले प्रधानमन्त्री ओलीलाई एउटा लामो पत्र लेख्दै प्रधानमन्त्रीका रुपमा आजसम्म गरेका काम कारबाहीको औचित्यमाथि प्रश्न उठाएका हुन। प्रश्न गर्दै नेता कार्कीले भनेका छन्, ‘प्रधानन्त्री ओली जि तपाईंले बोलेको र गरेको व्यवहारप्रति हामीले हाँस्ने कि रुने ? प्रस्तुत छ नेता कार्कीले लेखेको खुल्ला पत्रः
प्रधानमन्त्री ज्यू,
नयाँ वर्षको शुभकामना छ।
जब तपाईंले लाखौं युवाहरु आम सर्वसाधारणले देखे भोगेका कटु सत्यहरु र असन्तुष्टिका आवाजलाई नमिलेका प्रश्न वा राजनीतिको आवरणमा हिंसा भनेर फेरि पनि आफ्नो अहङ्कारलाई ‘क्यारि ओभर’ गर्नुभयो २०७६ सालको शुरुवातमा, म अरु अपेक्षा राख्दिन तर तपाईंकै भाषामा केही प्रश्न गर्न चाहन्छु।
२०७५ साल भ्रष्टाचार बिरुद्दको अभियान बन्यो भन्नु भयो। यसमा हामी हाँस्नु पर्ने हो वा प्रश्न गलत भयो ? व्यापार घाटा १५ खर्ब, नेपालीको ऋण सात हजार थपिनु, महालेखाले आर्थिक अनुशासन ध्वस्त भो भन्नु, सर्बोच्वले एन्सेललाई दोषी देखाउनु, मेलम्चिको गती तपाईंकै पालामा अवरुद्द हुनु, सेना बहसमा तानिनु र नेपालमा धार्मिक अतिक्रमणको बिजारोपणमा सरकार सङ्लग्न हुनुले तपाईंकै प्रसन्सकले पनि के ठान्ने ?
तपाईंले देखाएका प्रगतिको सुची भित्र आम जनताको बिहान बेलुकी कहाँ जोडीएको छ ? कानुन बनाएको बर्षको रुपमा उत्सव मनाएर भोक मर्दैन, बेरोजगारी टर्दैन, तपाईंको सम्बोधन सुन्ने मान्छे हरेक दिन देश छोडिरहेका छन्। आधा घण्टामा दर्जनौ कानुन पारीत गरिएका छन् र तिनीहरुमा भएका त्रुटी सच्याउन अब अर्को वर्ष पनि लाग्ला सायद।
म प्रश्न परिवर्तनगर्छु, तपाईंको प्रशासनले हिरासतमा लिएका सयौ युवा तथा राजनीतिक कर्मी को हुन ? आफुलाई पायक पर्ने प्रश्न सोध्न सिकाउनु भएको छ, तरिका ठिकै हो तर यथार्त के हो भने तपाईंहरुलाई जागिर खाना पठाउने जनता सबै खाले प्रश्न सोध्न स्वतन्त्र छन्।
तपाईंसँग जवाफ छैन भने त्यो, तपाईंको बाध्यता हो, मजबुरी हो तर इमान्दारिता होइन। प्रश्न अहिले जनताले सोधेका छैनन् तपाईंका वरीपरिका घटना स्वयं प्रश्न बनेका छन्।
बालुवाटारको सरकारी जग्गा प्रकरण, वाइडबडिबारेको मौनता, सुनकाण्ड, स्थानिय सरकार र केन्द्रको भ्रष्टाचार, जन आवाज र बिमती सँगको ‘फोबिया’ जस्तो देखिने सरकारी रबैया, गाउँमा अकारण गरिएका गस्ति र झुट्टा मुद्दा, तपाईंका मानानीय सभासद को हिंसाको अर्बौं बजेट, पानी पधेरो बनेको अमेरिका मोह, इन्डोप्यासिफिक रणनिती र नेपालको पोजिसन, बेलागाम दाता वा गैह सरकारी पैसाको व्यवसाय, करप्सन पर्सेप्सन इन्डेक्समा लज्जा जनक अवस्था आदी तथ्यबारे जवाफ दिनु भएन। प्रश्न गर्न सिकाउनु हुन्छ ? प्रश्न तपाईंको वारीपरी आँफै नाचिरहेका छन्।
लगानी सम्मेलन सफल भो कि असफल ? एउटा एनेक्डट प्रयोग गर्नु भएछ ’नेपाल विश्वको उदाउदो अर्थतन्त्र’ भनेर सरकारको प्रसन्सा भो रे! नेपाली बैंकको पैसा बिदेशी परीयोजनालाई सुनिशिचित गर्नु लगानी सम्मेलनको सफलता हो ?
सतलजले अरुण बनाउने हो कि नेपालीले बनाएर सतलज भारतलाई सुम्पने हो ? समाज को चरित्र र चाहना शान्ती र सम्ब्रिद्धी भन्नु भयो, प्रश्न सरकारको चरित्रको हो। युवा र खोला बाहेक बेच्ने के छ ? रेमिट्यान्स कृषि र पर्यटन बाहेक धान्ने के छ ? यि कुनै पनि क्षेत्रमा ध्यान छैन्। किनकी तपाईंहरु हरेक हप्ताको हाट बजार जाँदा फरक लुगा लगाए जस्तो मौसमी कुरा गर्नु हुन्छ।
आम जनताका प्रश्न पुरानै छन्। दलाल अर्थ ब्यबस्था आँफै सकिन्छ? नेपालमा रोजगारी खै? नितिगत भ्रष्टाचारको धमिरा बाट देश कहिले मुक्त हुन्छ? नेता केन्द्रित शासनको सट्टा जनता केन्द्रित शासन कहिले आउछ? तपाईंले आफूलाई राष्ट्रवादी नेताका रुपमा र हरेक क्षेत्रको शुन्य सहनशिलताको सरकारक प्रधानमन्त्री भन्नु हुन्छ। खैर मिचिएका सिमा फिर्ताको लागि के के पहल गर्नु भयो र के नतिजा आयो?
स्वास्थ्य र शिक्षा जस्ता आधारभुत कुरा राज्यले जिम्मा कहिले लिन्छ? स्वास्थ्य बिमा कहाँ पुग्यो? युवालाई बिना धितो ऋण कहाँ छ? नयाँ नयाँ शिलन्यास र घोषणाले फुर्सद छैन। चाइनाबाट चुचो भएको रेल सिमानामा छ कि नुवाकोट तिर आइपुग्यो?
तपाईंको शुभकामना मन्तब्य कुनै एन्जिओको आवधिक समिक्षा होइन, शासन हातमा भएका कार्यकारीले आफुले बोलेका बाचाको नतिजामुलक र तथ्य परक जवाफ दिनु हो। एक वर्षमा चमत्कार किन भएन भनेर कसैले सोधेकै छैनन्। कटु यथार्त के हो भने तपाईंका सल्लाहकारहरु र मन्त्री परिषदमा डराएका मान्छे छन्, जागिर खाने र जागिर जोगाउने भन्दा माथि सोच्ने कसैलाई फुर्सद र हिम्मत छैन।
तपाईंको असल सल्लाहकारले तपाईंलाई यो पनि सिकाउँदा हुन् कि, गल्ती र कमजोरी धेरै गरिएको छ, व्यावहारिक र नितिगत सिप पुगेन, राजनीतिक व्यबहार गर्न जानिएन, स्टेट र पार्टिलाई कर्पोरेट इन्फेक्सन भो, सुधार्न चाहन्छौं भन्नु थियो।
तपाईंलाई यो बुढेसकालमा गलत देखिन नपरोस् भन्ने छ। तपाईंलाई सही थापेर आफू बनियाँ बन्नेको घेरामा परेको प्रष्टै छ। खैर तपाईंको काम तपाईंको जिम्मा ठूलो तुक र अर्थको नभए पनि धेरै बेतुकका कुरा आउन छोडुन्, यसले नयाँ वर्ष अली राजनीतिक र वैचारिक वहसको मार्गमा जानेछ।
आज नेपालले वहाना होइन नतिजा खोजेको छ र ति नतिजा यो ‘डिजाइन डिफेक्ट’ भएको मानिसले निकाल्दैन। यो व्यक्तिगत कुरा भन्दा धेरै माथिको प्रश्न हो। तपाईं असफल भए एउटा तपाईंको चित्त दुख्ला तर तपाईंले बिगारेको र थोपारेका सारा कुरा पुरै नेपालले भोग्नुपर्छ। नयाँ वर्षमा नयाँ युग आउँदैछ।
तरिका नफेरी तथ्य फेरिन्नन। यो दलालको घेराबन्दी भित्रको सत्ताबारे बुझेपछी, आफु प्रधानमन्त्री नभएको भए तपाईं पनि लडन तयार हुनुहुन्छ जस्तो लाग्छ।