काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन्। उनले केपी ओली नेतृत्वको सरकारले जताततै हस्तक्षेप गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार ११ विद्यार्थी संगठनले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारीसमेत एक लौटी ढंगले निर्णय लिने काम गरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए।
देउवाले प्रधानमन्त्री ओलीले आफू नआउने पत्राचार गर्दागर्दै संवैधानिक परिषदको बैठक बोलाएको प्रति उनले आपत्ति जनाएका थिए। कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्थाबारे असन्तुष्टि जनाएका थिए।