वीरगञ्ज – संघीय समाजवादी महिला फोरम नेपाल पर्साको प्रथम जिल्ला अधिवेशन शुरु भएको छ।
अधिवेशनको पूर्व शिक्षामन्त्री समेत रहेकी संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष एवं प्रदेश २ अध्यक्ष रेणु यादवले उद्घाटन गरिन्। उद्घाटन समारोहमा यादवले अधिवेशन सफलताको शुभकामना दिइन्।
उदघाट्न समारोहमा संघीय सांसद रहेका संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादव लगायतको उपस्थिति थियो।