काभ्रे – कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस जेठो पार्टी भएकाले सँधै जेठोको भूमिकमा रहने बताए। जेठो कहिल्यै कान्छो नहुने बताउँदै उनले भने, ‘जेठो सन्तानले कहिल्यै आफुमात्र खाउँ, आफु मात्र लाउँ भन्दैन, त्यसैले कांग्रेसले मात्रै सबैलाई मिलाएर देश चलाउन सक्छ।’
‘कांग्रेसको पराजय एउटा चुनावमा भएको हो’, उनले भने,‘ आगामी चुनावमा हेर्नुहोला कांग्रेस कतिमाथि आउँछ ?’ प्रवक्ता शर्माले कांग्रेस कार्यकर्तालाई एक पटक हार्दैमा नआत्तिन र जित्दैमा नमात्तिन आग्रह गर्दै स्थिर बनेर जनताको बीचमा निरन्तर काम गर्न आग्रह गरेका छन्।
पानी जहाज नेपालीलाई नचाहिने हैन तर अहिले जनतालाई पानीजहाज भन्दा पानी चाहिएको स्पष्ट पारे। बुधबार काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेवेशीमा कांग्रेस क्षेत्र नं १ को भवनको शिलान्यास गर्न सभापति शेरबहादुर देउवासहित पार्टीका शिर्ष नेताहरु पुगेका थिए।
भकुण्डेवेशीमा नेपाली कांग्रेस क्षेत्र नंं १ को पार्टी कार्यालयको भवन निर्माण हुने भएको छ। सो भवन एक वर्ष भित्र निर्माण सम्पन्न हुने क्षेत्र नंं १ का सभापति तिर्थ लामाले नेपाली पब्लिकलाई जानकारी दिएका छन्।