काठमाडौँ – देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको अध्यक्ष्यमा सिपी गजुरेल चयन भएका छन्। मोर्चाको प्रथम राष्ट्रिय सम्मेलनले गजुरेलको नेतृत्वमा ९५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नेकपा (क्रान्तिकारी माओवादी) निकट मोर्चाको मंगलबार सम्पन्न सम्मेलनले गजुरेललाई पुनः अध्यक्ष चयन गरेको हो। मोर्चाको महासचिव परी थापा बनेका छन्। उपाध्यक्ष, सचिवलगायत अन्य पाँच पदाधिकारी भने नवनिर्वाचित केन्द्रीय समिति बैठकले टुंगो लगाउने छ।