काठमाडौँ - विभागहरु गठनका विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष टुंगिएको छ।
कार्यसम्पादन समितिको गठन प्रक्रियाको किचलो यथावत राखी देउवाले विभागहरु गठन गर्न आफ्नै निवासमा नेताहरुलाई बोलाएका थिए।
बैठकमा उपस्थित पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘कार्यसम्पादनको गठनबारे आज छलफल भएन। विभाग गठनको विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेन।’
यसअघि ४२ वटा विभाग भए पनि कांग्रेसको नयाँ विधानमा विभागहरुको संख्या घटाएर २८ मा घटाइएको छ।
कार्यसम्पादन समितिमा भएको विवादका कारण केन्द्रीय समितिको बैठकसमेत अनिश्चितकालका लागि स्थगित गरिएको शर्माले जानकारी दिए।