काठमाडौँ - एकताको दुई महिनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) निर्वाचन आयोगमा दताए भएको छ। पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा (संयुक्त) दर्ता भएको हो।
चुनावा चिन्ह हलो रहने गरी राप्रपा (संयुक्त) निर्वाचन आयोगमा दर्ता भएको छ। दल दर्ताका लागि अध्यक्षद्वय राणा र लोहनी आयोगमा पुगेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच माग १९ गते एकीकरण भएको थियो।