जनकपुर - बारा-पर्सामा हावाहुरीका कारण ज्यान गुमाएकाहरुको १३औँ दिनको पुण्य तिथिमा शोक मनाइने भएको छ। आइतबार बसेको प्रदेश २ को मन्त्रीपरिषद बैठकले हावाहुरीका कारण ज्यान गुमाएकाहरुको १३औँ दिनको पुण्य तिथिमा प्रादेशिक शोक मनाउने निर्णय गरेको हो।
जसअनुसार चैत्र ३० गते आमनागरिक, कर्मचारी, विद्यार्थी, शिक्षक लगायतको उपस्थितिमा बिहान ११ बजे २ मिनेट ज्यान गुमाएकाको आत्माको चिरशान्तिको कामना गर्दै मौनधारण गरेर प्रादेशिक शोक मनाउने निर्णय गरिएको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताए।
मन्त्रीपरिषद बैठकले ज्यान गुमाएकाहरुको परिवारलाई किरिया खर्चवापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।