विराटनगर – जारी हिउँदे अधिवेशनबाटै प्रदेश १ को स्थायी राजधानी र नामाकरणको विषय टुङ्गो लगाउने तयारी भइरहेको छ। प्रदेशको नाम र राजधानीको विषयमा राजनीतिक दलका नेता, सांसद र सामाजिक अगुवाहरूले विभिन्न प्रकारका अभिव्यक्ति दिँदै आएका छन्।
दिन–प्रतिदिन पेचिलो बन्दै गएको यस विषयमा प्रदेश १ अन्तर्गत १४ जिल्लाका राजनीतिक दलका नेता, उद्योगी–व्यवसायी तथा सामाजिक अगुवाहरूसँग नेपाली पब्लिकले गरेको कुराकानी:
संखुवासभा: आ–आफ्नै धारणा
राजधानी र नामाकरणका विषयमा संखुवासभाका दलबीच मतैक्यता छैन। प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपाने प्रदेशको राजधानी पुरानो ठाउँहरूमा राख्न नहुने तर्क गर्छन्। उनले जलमार्ग, भूमार्ग, पर्याप्त जग्गा र सहजताका दृष्टिले बराहक्षेत्र आसपासमा राजधानी राखिनुपर्ने र प्रदेश १ को मानव सभ्यता कोशी नदीबाट शुरु भएकाले प्रदेशको नाम पनि ‘कोशी प्रदेश’ नै राखिनुपर्ने बताए।
न्यौपानेले भने, ‘किरात सभ्यता पनि जोडिएको हुँदा ‘कोशी किरात’ वा ‘सगरमाथा किरात’ जोडेर पनि नाम राख्न सकिन्छ। यसो गरे किरात बाहुल्य प्रदेशका जनताको भावनासमेत समेटिन्छ।’
तत्कालीन नेकपा एमाले अध्यक्ष हेमराज घिमिरेले सबै जिल्लाको पायकताका हिसाबले हेर्दा सुनसरीको इटहरी आसपास राजधानी बन्नुपर्ने बताए। कोशी नदीमा प्रदेशका अधिकांश जिल्लाको पानी मिसिने र मानव सभ्यतासँग जोडिएकाले प्रदेशको नाम ‘कोशी’ राख्नुपर्ने उनको धारणा छ।
तत्कालीन माओवादी केन्द्रका नेता कृष्ण जिमीले सबै जिल्लालाई पायक र केन्द्रका हिसाबले प्रदेशको राजधानीका लागि इटहरी उपयुक्त रहे पनि ऐतिहासिकता र पूर्वाधारका दृष्टिकोणबाट हालको अस्थायी राजधानी विराटनगरलाई नै स्थायी बनाउनुपर्ने बताए। नाम भने प्रदेशमा बाहुल्य रहेको किरात समुदायको मनोभावना समेट्न भए पनि ‘कोशी किरात’ राखिनुपर्ने बताए।
कांग्रेस सभापति दीपनकुमार श्रेष्ठ भने राजधानी जहाँ राखे पनि आपत्ति नहुने र नाम ‘सगरमाथा’को पक्षमा छन्। उनले भने, ‘विश्वले चिनेको सगरमाथा हो। यसले विश्वमा हाम्रो उचाइ बढाएको छ। त्यसैले प्रदेशको नाम सगरमाथा राखिनुपर्छ। राजधानीको सवालमा हाम्रोलागि धनकुटा हुँदा राम्रो तर विराटनगर नै भए पनि आपत्ति छैन।’
धनकुटा: नाममा कम चासो, राजधानीमा एकमत
धनकुटाका सबै दलले नामका विषयमा त्यति चासो नराखे पनि धनकुटालाई नै राजधानी बनाउनुपर्ने पक्षमा भने उनीहरू सबै एकमत छन्।
नेकपाबाट निर्वाचित प्रदेश सांसद इन्द्रमणि पराजुलीले धनकुटा राजधानी र नाम ‘कोशी’ राख्नुपर्ने बताए। उनले भने, ‘यो राणा कालदेखिको पुरानो गौँडा हो। सबैतिर सडक सञ्जालले जोडिएको छ। हावापानी र भौतिक पूर्वाधारका हिसाबले तथा पहिलेको विकास क्षेत्रको सदरमुकामका आधारमा पनि धनकुटाको विकल्प छैन।’
अर्का प्रदेश सांसद लीला सुब्बाले पनि प्रदेश राजधानी धनकुटाको विकल्प नरहेको र नाम सगरमाथा राख्नुपर्ने बताइन्। उनले भनिन्, ‘विराटनगर सीमा क्षेत्रमा पर्छ, सुरक्षाका दृष्टिकोणले समेत उपयुक्त छैन। धनकुटामा ५ हजार रोपनीभन्दा बढी सरकारी जग्गा छ। ३ सय बढी सरकारी भवन छन्। मौसम, ऐतिहासिक र सामरिक हिसाबले धनकुटामै राजधानी बन्नुपर्छ। नामको विषयमा सबैको चित्तबुझ्दो जे राखे पनि हुन्छ।’
‘हामी क्लियर छौँ। राजधानी धनकुटाको अर्को विकल्प हुन सक्दैन, नाम किरात प्रदेश राख्नुपर्छ। किनभने यो प्रदेश किरात सभ्यतासँग जोडिएको छ।’
तत्कालीन नेकपा एमाले अध्यक्ष राजेन्द्र राईले पनि धनकुटा राजधानी बन्नुपर्ने दाबी गरे। उनले भने, ‘राणाकालदेखिको केन्द्र धनकुटा हो। यो पहाडी जिल्लाहरूका बीचमा पनि पर्छ। यसको सबैतिर सडक सञ्जालले जोडिएको छ। नाम चाहिँ कोशी वा सगरमाथा राख्नुपर्छ।’
तत्कालीन माओवादी केन्द्रका अध्यक्ष उज्ज्वल किरातीले राजधानीमा धनकुटाको विकल्प हुनै नसक्ने बताउँदै नाम सबैलाई स्वीकार्य हुने ‘किरात’ राखिनुपर्ने बताए। उनले भने, ‘हामी क्लियर छौँ। राजधानी धनकुटाको अर्को विकल्प हुन सक्दैन, नाम किरात प्रदेश राख्नुपर्छ। किनभने यो प्रदेश किरात सभ्यतासँग जोडिएको छ।’
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नि पौडेलले पनि धनकुटा नै राजधानी हुनुपर्ने बताउँदै अन्त बनाइए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए। ‘आजबाट मात्र होइन, धनकुटा पुस्तौँदेखिको पहाडी नाका रहेको कुरालाई नकार्नु हुँदैन। सबै दृष्टिले उपयुक्त धनकुटालाई राजधानी घोषणा नगरिए हामी आन्दोलनमा उत्रन्छौँ,’ उनले भने, ‘नाम ‘कोशी’ वा ‘सगरमाथा’ जे भए पनि हाम्रो आपत्ति छैन। राजधानीको सवालमा मात्र हाम्रो आपत्ति हो।’
तेह्रथुम: राजधानी बृहत् र ठूलो क्षेत्रमा बनाइनुपर्छ
राजधानीका विषयमा समान मत भए पनि नामका विषयमा मत विभाजित छ। नेकपा सांसद तेजमान कन्दङ्वाले इटहरी, विराटनगर र धरानभित्र चक्रपथ निर्माण गरी उल्लिखित सबै शहर समेटेर राजधानी बनाइनुपर्ने बताए। ‘कोशी र सगरमाथा जोडेर नाम राख्दा सबैलाई चित्तबुझ्दो हुन्छ,’ उनले भने।
नेकपाकै अर्का सांसद तथा तत्कालीन एमाले अध्यक्ष लक्ष्मण तिवारीको धारणा पनि उस्तै छ। ‘चक्रपथको परिकल्पनाअनुसार इटहरी, विराटनगर र धरानभित्र ९–१० वटा पालिका छन्। यसैलाई आधार मानेर बृहत् विराट क्षेत्र प्रदेशको अवधारणअनुरूप हुनुपर्छ। राजधानीलाई सानो इकाइमा सोच्नु हुँदैन,’ उनले भने।
कोशी नदी सभ्यता, संस्कृति, जल पर्यटन, जल यातायात, खानेपानी, जलविद्युत् आयोजनाका विषय समृद्धिसँग जोडिएको र झापा तथा इलामबाहेक १२ जिल्लाको पानी मिसिने नदी कोशीको नामबाट प्रदेशको नामाकरण गरिनुपर्ने सांसद तिवारीले धारणा राखे।
नेपाली कांग्रेसका सभापति केदार ढुंगानाले पनि राजधानी इटहरी, विराटनगर र धरानलाई समेटेर बनाइनुपर्नेमा जोड दिए। उनले भने, ‘हामीलाई सबै हिसाबले धनकुटा नै उपयुक्त हो तर धनकुटाले धान्न सक्छ कि सक्दैन, कुरा त्यहाँ हो। नामको सन्दर्भमा सबैले अपनत्व ग्रहण गर्ने गरी विश्व परिचित सगरमाथाकै नामबाट राखिनुपर्छ।’
उदयपुर: छैन एकमत
तत्कालीन नेकपा एमाले उदयपुरका अध्यक्ष ईश्वरमणि राउत सबै कुराले पूर्ण विराटनगर रहेकाले स्थायी राजधानी अन्यत्र सार्नु नहुने बताउँछन्। प्रदेशको नाम भने कोशी उपयुक्त हुने उनको भनाइ छ। उनी भन्छन्, ‘हवाई मार्ग, भौतिक पूर्वाधार, उच्च अदालत र भवनलगायत सबै हिसाबले विराटनगर ठीक छ, अन्त तानातान गर्नु आवश्यक छैन।
तत्कालीन माओवादी केन्द्रका अध्यक्ष भीमबहादुर अधिकारी ‘अनिल’ले प्रदेशको राजधानी कोशी टप्पु क्षेत्रमा हुनुपर्ने बताउँदै नाम भने पहिचानका आधारमा किरात, लिम्बुवान, कोचिला समेटिने गरी राखिनुपर्ने धारणा राखे। ‘राजधानी जस्तो विषय क्षणिकलाई सोचेर हुँदैन। १० हजार वर्षभन्दा बढीलाई सोचेर बनाइनुपर्छ। त्यसका लागि पर्याप्त जग्गा चाहिन्छ, त्यो जग्गा कोशी टप्पु क्षेत्रमा छ।’
नेपाली कांग्रेसका सभापति विदुर बस्नेत सबै जिल्लाको केन्द्र इटहरी पर्ने भएकाले राजधानी इटहरी बनाइनुपर्ने र नाम सगरमाथा राख्नुपर्ने पक्षमा छन्। ‘राजधानी सबैलाई पायक पर्ने हिसाबले इटहरी हुनुपर्ने हो, नाममा त सगरमाथाको विकल्प हुनै सक्दैन। यो सबैले अपनत्व गर्ने विषय हो,’ उनले धारणा राखे।
ताप्लेजुङ: राजधानी इटहरीमा एकमत
नेकपा प्रदेशसभा सदस्य तथा तत्कालीन एमाले अध्यक्ष बलबहादुर साम्सुहाङले सबै जिल्लाको केन्द्र इटहरी पर्ने भएकाले राजधानी इटहरी र नाम ‘कोशी किरात’ राख्नुपर्ने बताए।
तत्कालीन माओवादी केन्द्रका अध्यक्ष खेमप्रसाद बुढाक्षेत्री सांसद साम्सुहाङसँग सहमत छन्। नेपाली कांग्रेस सभापति लीला बोखिम पनि राजधानी इटहरीकै पक्षमा छिन्। ‘नाम त्यत्रो ठूलो इस्यु होइन,’ उनले भनिन्, ‘जे राखे पनि फरक पर्दैन।’
‘प्रदेशको राजधानी जहाँ राखे पनि हामीलाई अपायक नै हो। बरु हामी ३ नं. प्रदेशमै गाभिन पाए वेश हुन्थ्यो। यद्यपि, कोशी करिडोरमा राजधानी भए राम्रो र नाम ‘सगरमाथा’ नै उत्तम हुन्छ।’
ओखलढुङ्गा: नाममा एक, राजधानीमा फरक मत
नेकपा सांसद तथा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष मोहनकुमार खड्काको भने भिन्न मत छ। उनले भने, ‘प्रदेशको राजधानी जहाँ राखे पनि हामीलाई अपायक नै हो। बरु हामी ३ नं. प्रदेशमै गाभिन पाए वेश हुन्थ्यो। यद्यपि, कोशी करिडोरमा राजधानी भए राम्रो र नाम ‘सगरमाथा’ नै उत्तम हुन्छ।’
तत्कालीन नेकपा (एमाले) ओखलढुंगाका अध्यक्ष मोहनकुमार श्रेष्ठले राजधानी इटहरी आसपासको क्षेत्रमा बन्नुपर्ने र प्रदेशको नाम ‘सगरमाथा’ हुनुपर्ने बताए।
नेपाली कांग्रेसका अध्यक्ष प्रदीप सुनुवारले सीमानजिक विराटनगरमा राजधानी कूटनीतिक दृष्टिकोणबाट समेत राख्न नहुने तर्क गर्दै ‘सगरमाथा किरात’ राख्नुपर्ने बताए। उनले भने, ‘बोर्डरनजिक कुनै हालतमा राजधानी उपयुक्त हुँदैन। अन्त जहाँ भए पनि केन्द्रमा पारेर राख्नुपर्छ।’
खोटाङ: राजधानीका लागि इटहरी पायक
तत्कालीन एमाले अध्यक्ष बबी चाम्लिङले भने, ‘विराटनगर बोर्डर एरियामा पर्छ। त्यसैले त्यहाँ उपयुक्त हुँदैन। इटहरीलाई नै केन्द्र मानेर बनाइनुपर्छ। नाम ‘किरात’ जोडेर जे राखे पनि हुन्छ।’
नेपाली कांग्रेसका सभापति नरेश श्रेष्ठले भने, ‘इटहरी सबै जिल्लाको केन्द्र पर्ने भएकाले राजधानी इटहरी र नाम ‘सगरमाथा’ हुनुपर्छ।’
सोलुखुम्बु: राजधानी इटहरी वा विराटनगर
नेकपा नेता तथा तत्कालीन एमाले अध्यक्ष मानवीर राईले राजधानी इटहरी आसपास हुनुपर्ने तर विराटनगर नै भए पनि आपत्ति नहुने बताए। सगरमाथालाई विश्वले चिन्ने भएकाले नाम ‘सगरमाथा’ नै हुनुपर्छ।’
नेकपा नेता तथा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष गम्भु शेर्पाले भने, ‘सुगमता र सबै जिल्लाको पायकका हिसाबले राजधानी इटहरी र धरानको बीचमा राखिनुपर्छ। नाम सगरमाथामा किरात जोड्दा प्रदेशका बाहुल्य र जनताको भावना समेट्छ।’
कांग्रेस सभापति विनोद बस्नेतको पनि प्रदेशको राजधानी इटहरी आसपास हुनुपर्ने मत छ। उनले भने, ‘अहिले पूर्वाधार र सबै कुराको पूर्णता मात्र हेरेर हुँदैन, राजधानी धेरै वर्षका लागि बनाइने भएकाले सहज र सुगम इटहरी हुन्छ। नाम ‘सगरमाथा’ नै उत्तम।’
भोजपुर: राजधानी धनकुटा वा इटहरी
मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुरका प्रमुख दुई दलको राजधानी इटहरी वा धनकुटा हुनुपर्नेमा साझा धारणा रहेको छ।
तत्कालीन एमाले अध्यक्ष प्रेम राईले तराई–पहाड सबैको सुगमता र भूगोलको दृष्टिकोणबाट इटहरी राजधानी बन्नुपर्ने र ‘किरात’ सभ्यता र संस्कृतिसँग जोडिएको विषय हुनाले यसैलाई जोडेर ‘कोशी’ नाम राख्दा सबैलाई मान्य बताए।
‘भूगोललाई उपयुक्त हुने गरी राजधानी गोठगाउँमा ठीक हुन्छ। नाम कोशी सभ्यतासँग जोडिएकाले यही हुनुपर्छ।’
तत्कालीन माओवादी केन्द्रका उपाध्यक्ष दिलकुमार राईले भने, ‘बोर्डरनजिक राजधानी हुनुहुँदैन। त्यस हिसाबले राजधानी सबै कुराले धनकुटा उपयुक्त छ। नाममा ‘किरात’ जोडिएर आउनुपर्छ।’
कांग्रेस सभापति नन्दमणि राईले पनि प्रदेशको राजधानी धनकुटा र ‘किरात’ जोडेर ‘सगरमाथा’ नाम राख्नुपर्ने बताए।
इलाम: राजधानी कि धनकुटा वा इटहरी
तत्कालीन एमाले अध्यक्ष भक्त केसीले राजधानी इटहरी बन्नुपर्ने बताउँदै नाम ‘कोशी’ हुनुपर्ने धारणा राखे। नेपाली कांग्रेस सभापति हिमालय कर्माचार्यले राजधानी धनकुटा उपयुक्त हुने बताए।
उनले भने, ‘राजधानीका लागि धनकुटा उपयुक्त हो। नामका विषयमा अध्ययनविना भन्न सक्दिनँ।’
पाँचथर: दलको निर्णय नै मान्य
तत्कालीन एमाले अध्यक्ष राजकुमार भण्डारीले भने, ‘हामीलाई विवादमा नपार्नुहोस्, राजधानी र नामाकरण जे गरे पनि पार्टीकै निर्णय हामीलाई मान्य हुनेछ।’
त्यस्तै तत्कालीन माओवादी केन्द्रका अध्यक्ष हर्क नेम्वाङले प्रदेशको राजधानी धनकुटा र नाम ‘किरात’ राखिनुपर्ने बताए।
नेपाली कांग्रेसका सभापति महेन्द्रकुमार केरुङले पनि नाम र राजधानीको विषय संसदीय दलको निर्णयले जे प्रस्ताव गरे पनि मान्य हुने बताए। उनले भने, ‘पार्टीको संसदीय दलले जे निर्णय गर्छ, त्यो हामी मान्छौँ।’
झापा: राजधानी गोठगाउँ उपयुक्त
नेकपा नेता तथा तत्कालीन एमाले अध्यक्ष चिन्तन पाठकले भने, ‘भूगोललाई उपयुक्त हुने गरी राजधानी गोठगाउँमा ठीक हुन्छ। नाम कोशी सभ्यतासँग जोडिएकाले यही हुनुपर्छ।’
नेपाली कांग्रेस सभापति रमेश बस्नेतले भने, ‘राजधानीका लागि पर्याप्त ठाउँ चाहिन्छ। त्यसका लागि गोठगाउँ क्षेत्र उपयुक्त छ। विश्वले चिनेको ‘सगरमाथा’ नाम राखे सबैले अपनत्व ग्रहण गर्छन्।’
मोरङ: विराटनगरलाई राजधानी बनाउन एकमत
पूर्वसांसद तथा नेकपा अध्यक्ष ऋषिकेश पोखरेलले भने, ‘विराटनगर आर्थिक, व्यावसायिक, शैक्षिक, स्वास्थ्य, खेलकुद तथा प्रशासनिक केन्द्रका रूपमा रहेको छ। हिजो निर्वाचनका बेलामा जनतामाझ सबै दलले गरेको साझा प्रतिबद्धता विराटनगरलाई राजधानी बनाउने नै हो। प्रदेशसभा सदस्यहरू राजनीतिक प्रणालीबाट आएका हुन्। पहिल्यै गरेको प्रतिबद्धता भएकाले यसबाट कोही उम्कन मिल्दैन।’
नामका सन्दर्भमा उनले भने, ‘प्रदेश नं. १ कोशी सभ्यता र संस्कृतिसँग जोडिएकाले यही नाम राखिनुपर्छ।’ संघीय समाजवादी फोरमका १ नं. प्रदेश संसदीय दलका नेता जयराम यादवले पनि प्रदेशको राजधानीका लागि विराटनगरमा जति सुविधा र पूर्वाधार अन्त कहीँ नभएकाले हाललाई विराटनगर बन्नुपर्ने र नाम पहिचान र सामथ्र्यका आधारमा राखिनुपर्नेमा जोड दिए।
‘राजधानी दोस्रो स्टेपको विषय हुनसक्छ। यो प्रदेश नै दुई प्रान्तमा विभाजित हुनुपर्ने हाम्रो पार्टीको लाइन हो तर पनि बाहुल्यता र ऐतिहासिकताका आधारमा पनि लिम्बुवान र खम्बुवानको पहिलो हक लाग्छ।
पूर्वसभासद एवं नेपाली कांग्रेस सभापति डिगबहादुर लिम्बु पनि प्रदेशको राजधानी विराटनगर बन्नुपर्नेमा सहमत छन्। उनले भने, ‘सबै पूर्वाधार विराटनगरमा छ। अन्य ठाउँमा राख्न पूर्वाधारमै धेरै खर्च हुन्छ। नाम ‘कोशी’ वा ‘सगरमाथा’ राखे हुन्छ।
सुनसरी: राजधानीमा इटहरीको विकल्प छैन
नेकपा नेता रमेश बस्नेत चारैतिरको केन्द्रका हिसाबमा इटहरी राजधानी र प्रदेशको नाम ‘कोशी’ हुनुपर्ने तर्क गर्छन्।
त्यस्तै नेपाली कांग्रेस सुनसरीका प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ र संसदीय दलका नेता राजीव कोइराला सबै जिल्लाका लागि केन्द्र परेकाले राजधानी इटहरी हुनुपर्ने र देशकै गौरव गर्ने सगरमाथाको नामबाट प्रदेशको नामाकरण गरिनुपर्ने बताउँछन्।
अन्य दल: आ–आफ्नै अडानमा
राष्ट्रिय जनता पार्टी (राजपा) मोरङका अध्यक्ष मो. कादीरले प्रदेशको राजधानी विराटनगर नै बन्नुपर्ने बताए। उनले भने, ‘देशलाई सदैव नेतृत्व दिने, ऐतिहासिक एवं पूर्वाधारयुक्त विराटनगर नै राजधानीका लागि उपयुक्त हो। नाम कोशी वा सगरमाथा जे राखे पनि हुन्छ।’
त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले ऐतिहासिकताका आधारमा प्रदेशको राजधानी विजयपुर बन्नुपर्ने बताए।
उनले भने, ‘राजधानी दोस्रो स्टेपको विषय हुनसक्छ। यो प्रदेश नै दुई प्रान्तमा विभाजित हुनुपर्ने हाम्रो पार्टीको लाइन हो तर पनि बाहुल्यता र ऐतिहासिकताका आधारमा पनि लिम्बुवान र खम्बुवानको पहिलो हक लाग्छ।
कुल ९३ सदस्यीय प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६७, नेपाली कांग्रेसका २१, संघीय समाजवादी फोरमका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १–१ सिट छ। यसरी हेर्दा दुई तिहाइ नेकपा एक्लैसँग छ।
त्यसैले प्रदेशको नाम ‘लिम्बुवान किरात खम्बुवान’ राख्न हामीले पटक–पटक दबाब दिँदै आएका छौँ। अन्य नाम राखिए द्वन्द्व हुन्छ। बरु अहिलेकै १ नं. प्रदेश नै ठीक छ।
सोही पार्टीकी प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले प्रदेशको राजधानी सबैको केन्द्रमा र पायक पर्ने हिसाबले इटहरी नै बन्नुपर्ने बताइन्। उनले नाम ‘लिम्बुवान किरात खम्बुवान’ समेटेर राख्नुपर्ने धारणा राखिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य इन्दिरा राईले राजधानी विराटनगर बन्नुपर्नेमा जोड दिइन्। राष्ट्रिय हितका लागि नाम जे भए पनि पार्टीको आपत्ति नहुने बताइन्।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले देशको प्रमुख आर्थिक मेरुदण्डको शहर विराटनगरलाई प्रदेशको राजधानी बनाइनुपर्ने बताए।
उनले भने, ‘यो ऐतिहासिक कालदेखि नै आर्थिक, राजनीतिक तथा हरेक हिसाबले देशलाई नेतृत्व प्रदान गर्दै आइरहेको क्षेत्र हो। यहाँ अहिले पर्याप्त भौतिक पूर्वाधारहरू रहेका छन्। त्यसैले राजधानी विराटनगर नै उपयुक्त देखिन्छ। नाम ‘कोशी’ राख्दा सबैलाई स्वीकार्य हुन्छ।
मोरङ व्यापार संघ महिला उद्यम समितिकी संयोजक मल्लिका रिजालले पनि हवाई मार्गदेखि पर्याप्त भौतिक संरचना विराटनगरमै रहेको र ऐतिहासिकताका आधारमा पनि राजधानीको पहिलो हक विराटनगरलाई जाने बताइन्।
यस्तो छ प्रदेशसभाको अंकगणित
राजधानी र नामाकरणको विषयमा विभिन्न धारणा आए पनि यसको आधिकारिक निर्णय गर्ने अधिकार प्रदेशसभालाई छ। सर्वसम्मतिबाट निर्णय नभए दुई तिहाइ बहुमतबाट राजधानी र नामाकरणको विषय टुङ्गो लाग्नेछ।
कुल ९३ सदस्यीय प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६७, नेपाली कांग्रेसका २१, संघीय समाजवादी फोरमका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १–१ सिट छ। यसरी हेर्दा दुई तिहाइ नेकपा एक्लैसँग छ।
त्यसकारण प्रदेशको नाम र राजधानीको विषय नेकपा संसदीय दलको निर्णयले नै टुंगो लगाउनसक्ने अवस्था स्पष्ट छ। तर, मुख्यमन्त्री शेरधन राईले भने यो विषय सर्वसम्मतिले टुङ्ग्याइने बताउँदै आएका छन्। उनले आफूहरूसँग दुई तिहाइ रहे पनि अन्य दलको भावना समेटेर जाने आश्वासन दिँदै आएका छन्।