काठमाडौँ – हावाहुरीका कारण बारा र पर्सामा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ राहत दिन नेकपा प्रदेश २ ले माग गरेको छ।
नेकपा प्रदेश २ का अध्यक्ष प्रभु शाहले मंगलबार विज्ञप्ति जारी गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ राहत दिन सरकारसँग माग गरेका हुन्।
साथै घाइतेहरुको निःशुल्क उपचार गर्नुपर्ने, घरवार बिहिनको घर निर्माण गर्न र क्षति अनुसार किसानलाई तुरुन्त राहत यपलब्ध गराउन पनि नेकपा प्रदेश कमिटिले माग गरेको छ।