धनगढी - हावाहुरीबाट प्रभावित बारा र पर्सा जिल्लाका नागरिकलाई सुदूरपश्चिम प्रदेश सरकारले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
हावाहुरीका कारण प्रदेश २ मा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए।
उनले उक्त रकम प्रदेश नम्बर २ सरकारको राहत कोषमा पठाइने बताए। आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा ३१ जनाको मृत्यु भएको छ भने ६ सय बढी घाइते भएका छन्।