काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा र पर्सा जिल्लामा आइतबार राती आएको हावाहुरीबाट घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
सोमबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै दाहालले उक्त घटनाप्रति गहिरो दुःख प्रकट गर्दै मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्तिको समेत माग गरेका छन्।
अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछु।’
गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार हावाहुरीबाट २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएका छन्।