पुस १८, राजविराज। उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको एजेण्डा यथावत् रहेको बताएका छन्।
सप्तरीको राजविराजमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवले संविधान संशोधनको कुनै समयसीमा नहुने गरेको बताए।
उनले संविधान संशोधनको मुद्दामा आफूहरु कायम रहेको बताउँदै विरोध गर्नेहरु पनि अहिले सकारात्मक भएको टिप्पणी गर्दै संशोधनका लागि आवश्यक गृहकार्य भइरहेको पनि जानकारी गराए।
यादवले संविधानमा रहेका जनताका मौलिक हकको उपभोग जनतालाई गराउनु नै अहिलेको प्राथामिक विषय भएको बताउँदै एकात्मक प्रणालीका केही ऐन, कानुनहरु पनि विस्तारै परिवर्तन भइरहेको बताए।