१७ पुस, काठमाडौं । उत्कृष्ट फर्ममा रहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिगमा पनि आफ्नो प्रभाव देखाएका छन्। मेलबर्न स्टार्सका लागि मंगलबार लगातार चौंथो खेल खेलेका लामिछानेले विपक्षी टोलीका कप्तानलाई शिकार बनाए। मेलबर्न रिनेगेट्सविरुद्ध भएको खेलमा कप्तान टिम कुपरलाई उनले शानदार बोल्ड गरे।
प्रतियोगिताको विकेट तालिकामा सन्दीप चौंथो स्थानमा छन्। पछिल्ला ४ खेलबाट उनको विकेट संख्या आठ पुगेको छ। विश्वमै उत्कृष्ठ बलर मानिने अफगानिस्तानका रासिद खान सन्दीपभन्दा पछाडि छन्।
चारवटै खेलमा विपक्षी कप्तान सन्दीपको बलिङमा आउट भएका छन्। सन्दीपले आजको खेलमा ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर १ विकेट चट्काएका हुन्।