काठमाडौँ - सरकारले रेल खरिदका लागि रेल विभागलाई थप ८४ करोड रुपैयाँ दिएको छ। चैत ४ गते बसेको मन्त्रिपरिषद बैठकले भारतबाट रेल खरिद गर्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ दिएको मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।
यसअघि सरकारले रेल खरिदका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको भएपनि उक्त रकम अपुग भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप रकम माग गरेपछि उक्त निर्णय गरिएको हो।
जीटूजी (दुई देशबीचको सरकारबीच) प्रक्रियाबाट रेल खरिद गर्न समेत रेल विभागलाई भनिएको छ भने भारतीय कम्पनी ‘कोन्कन रेलवे कर्पोरेउसन लिमटेड’ बाट दुई सेट डेमु (डिजल इलेक्ट्रिफाई मोडेल) ट्रेन खरिद गरिने छ। खरिद गर्न लागिएको दुई सेट डेमु ट्रेन जनकपुर-जयनगर क्षेत्रमा सञ्चालन गर्ने तयारी सरकारको छ।
मन्त्रीपरिषद बैठकले गरेका २१ निर्णय :