पुस १७, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशन समयमै हुनुपर्ने बताउनुभएको छ।
नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा उहाँले कांग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले कांग्रेस धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने पार्टी भएको बताउनुभयो।
‘नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्छ। लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ,’ उहाँले भन्नुभयो। उहाँले धर्म र राजनीतिक अलग अलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको स्पष्ट पार्नुभयो।