पुस १६, काठमाडौँ। आगामी महिना संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वेन्टी–ट्वेन्टी शृंखलाका लागि प्रारम्भिक टाेलीकाे घाेषणाा गरिएकाे छ। छनाैट समितिले साेमबार पहिलाे चरणमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेकाे हाे।
नेपालले आगामी माघमा यूएईसँग तीन खेलको एक दिवसीय र तीन खेल ट्वेन्टी–ट्वेन्टी शृंखलाका खेल खेल्दैछ।
छनाैट समितिमा आइसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्क थिए। टोलीको कप्तानमा पारस खड्का छन्।
अन्य सदस्यमा वसन्त रेग्मी अविनाश बोहरा, भीम सार्की, विक्रम सोब, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, करण केसी र ललित भण्डारी छन्।
ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, रोहीतकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, शुशन भारी, शरद भेषवाकर र सन्दीप जोरा छन्।
नेपालले माघ ११ देखि २० गतेसम्म युएईसँग खेल्नेछ। भीम सार्की, सन्दिप जोरा र पवन सर्राफले राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा पहिलो पटक समावेश भएका हुन्।
खेलमा पहिले एक दिवसीय र त्यसपछि टी ट्वेन्टी शृंखला हुनेछ। नेपालले अघिल्लो वर्ष जिम्बाबेमा सम्पन्न विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएको थियो।