काठमाडौँ - विवेकशील नेपाली दलले आमालाई पनि बुवासरह बराबर अधिकार दिनुपर्ने माग गरेको छ। सबै नागरिक समान भन्ने संविधानको मूलमर्मलाई स्वीकार्दै संघीय संसदको राज्यव्यवस्था समितिमा विचाराधीन रहेको नागरिकता विधेयकमा आमाको हक सुरक्षित गर्न उक्त दलले माग गरेको हो।
‘संविधानको नागरिकतासम्बन्धी यो व्यवस्थाले महिला र पुरुषको हकमा समान व्यवस्था नगरी महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरेको छ।’ प्रवक्ता मिलन पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पुरानो नागरिकता ऐन सच्याउन ल्याइएको यो विधेयकले महिलालाइ नागरिकतामा विभेद गरी दोस्रो दर्जामै राखेको छ।’
नागरिकता पाउने अधिकार र नागरिकता वितरणमा आउने समस्यालाई सरकारले फरक फरक तरिकाले सम्बोधन गर्नु पर्ने र नागरिकता पाउने अधिकार मानव अधिकार भएकोले सो अधिकार नेपाली महिला, पुरुष र तेस्रो लिङ्गी सबैको समान हुनुपर्ने उक्त पार्टीले माग गरेको छ।
तर यदि कुनै पनि नेपाली नागरिकले वा विदेशीले गैर कानुनी रूपमा नेपाली नागरिकता लिएको भेटिएमा निजमाथि नेपालको संघीयÞ फौजदारी कानुनमा कडा सजाय दिने प्रावधान राख्न पनि विवेकशील नेपाली दलको माग छ।