पुस १५, काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश चाेलेन्द्रशमसेर जबरामाथिको सुनुवाई मंगलबारका लागि सरेकाे छ। सांसदहरूले बोल्न बाँकी रहँदै संसदका कर्मचारीहरु निस्किएपछि आइतबार बसेको संसदीय सुनुवाई बिशेष समितिको बैठक प्रभावित भएको हाे।
संसदका कर्मचारीहरुले संविधानसभा र अघिल्लो व्यवस्थापिका संसदमा ८० प्रतिशत भत्ता बुझ्ने गरेका थिए। तर, सरकारले यस पटक उक्त भत्ता कटौती गरेपछि संसदका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। आजको बैठक प्रभावित भएपछि समिति सभापति लक्ष्मणलाल कर्णले सोमबारका लागि बैठक आह्वान गरेका थिए। तर, कांग्रेस सांसदहरुले सोमबार मेलमिलाप दिवस रहेको जनाउँदै बैठकमा उपस्थित हुन नसक्ने जनाएका थिए।
त्यसपछि सभापति कर्णले मंगलबारका लागि सुनुवाई समितिको बैठक आह्वान गरेका हुन्। प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध ९ वटा उजुरी परेका छन्। उनीविरुद्ध न्यायाधीशका लागि पनि योग्य नरहेको आरोपसहितका गम्भीर उजुरी परेका छन्। उजुरीकाबारे समितिका सदस्यले सोधेका प्रश्नको राणाले जवाफ दिनेछन्। राणालाई गएको मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाईका लागि सिफारिस गरेको थियो।
सुनुवाई समितिले अनुमोदन गरेमा राणा प्रधानन्यायाधीश बन्नेछन्। यसअघि, संसदीय सुनुवाई विशेष समितिले न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेको थियो।