एजेन्सी, पुस १५ । सर्वाधिक लोकप्रिय राष्ट्रिय लिग इंग्लिस प्रिमियर लिग अन्तर्गत आज ४ खेल हुँदैछ। ३८ हप्तासम्म चल्ने प्रतियोगिताको २० औं हप्ताका अन्य ६ खेल हिजो नै सम्पन्न भइसकेका छन्।
आइतबार हुने पहिलो खेलमा तालिकाको चौँथो स्थानमा रहेको चेल्सीले चौधौँ स्थानको क्रिस्टल प्यालेसको सामना गर्दैछ। क्रिस्टल प्यालेसको घरेलु मैदान शेह्रलर्स्ट पार्कमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे शुरु हुनेछ।
त्यस्तै, राति ८ बजे हुने अर्काे खेलमा १९ औं स्थानमा समेटिएको बर्न्ली र एघारौँ स्थानमा रहेको वेस्ट ह्याम युनाइटेड भिड्दै छन्। सोही समयमा हुने अर्को खेलमा १७ औँ स्थानमा रहेको साउथह्याम्टनले साबिक विजेता म्यान्चेस्टर सिटीको सामना गर्दैछ। साउथह्याम्टनको घरेलु मैदान सेन्टमेरिज स्टेडियममा हुने खेलमा जित हात पार्न सके म्यान्चेस्टर सिटीका लागि दोस्रो स्थानमा उक्लने मौका हुनेछ।
प्रिमियर लिगको २० औं हप्ताको अन्तिम खेलमा लिग तालिकाको छैठौँ स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले घरेलु मैदानमा १२ औं स्थानमा रहेको वर्नमाउथलाई प्रतिस्पर्धाको निम्तो दिँदैछ।
हिजो सम्पन्न खेलमा एभर्टनविरुद्ध व्राइटन, हडर्शफिल्डविरुद्ध फुल्हाम समान १–० गोलअन्तरले विजयी भएका थिए। त्यस्तै, आफ्नै मैदानमा टोटनह्याम वोल्भ्ससँग ३–१ ले स्तभ्ध हुँदा न्युक्यासल युनाइटेड र वाटफोर्डले १–१को बराबरी खेल्दै अंक बाँडेका थिए। शनिबार नै भएको अन्तिम खेलमा लिभरपुलले आर्सनलविरुद्ध ५–१को शानदार जित निकालेको थियो।