पुस १३, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारले लोकतन्त्रको गलत व्याख्या गरेको आरोप लगाएका छन् ।
संघीय संसद्को हिउँदे अधिवेशन शुरु भएकै दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक प्रणाली छिटोछिटो विकास हुने प्रणाली होइन भन्ने अभिव्यक्तिमा सांसद थापाले ‘नाँच्न नजान्ने आँगन टेढो’को संज्ञा दिए ।
उनले नेकपाका अध्यक्ष ‘प्रचण्ड’ले लोकतान्त्रिक पद्धति गलत भएको भन्दै गर्दा आफैँ ‘नाँच्न नजान्ने आँगन टेढो’ जस्तो भएको टिप्पणी गर्दै सरकारले आफूले काम गर्न नजानेपछि कूतर्क गर्नेतर्फ लाग्गेको बताए ।
सांसद थापाले प्रधानमन्त्री ओलीले कम काम गर्ने र बढी बोल्ने गरेको आरोप लगाए ।
उनले संसद् छलेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको भन्दै तत्काल कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन सरकारलाई चेतावनी दिए ।