पोखरा - विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दको विरोधमा विवेकशील साझाले पोखरामा प्रदर्शन गरेको छ। विवेकशील साझाका केही युवाहरुले पोखराको मुख्यबजार क्षेत्र पृथ्वीचोकमा प्रदर्शन गरेका हुन्।
‘बन्दले देश बन्दैन’, ‘बन्दको विकल्प खोजौँ,’ ‘नेपाल खुला छ,’ लगायतका प्लेकार्डसहित राष्ट्रिय झण्डा बोकेर उनीहरुले प्रदर्शन गरेका छन्।
देशको समृद्धि र विकासका लागि ‘बन्द’ बाधक भएको उनीहरुको भनाई छ।
