पुस ७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत भएको छ ।
विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवम् महामन्त्री पूर्णबहादुर खड्काले आज अपरान्ह् उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुतिसँगै महासमिति सदस्यलाई बाँड्ने कामसमेत जारी रहेको जानकारी दिनुभयो । प्रस्ताव प्रस्तुत भएसँगै आजैदेखि महासमिति सदस्यहरुलाई आफ्ना विचार राख्ने अवसर दिइनेछ । महासमिति सदस्यहरुले राख्नुभएको विचारका आधारमा प्रस्ताव संशोधन गरी बैठकले पारित गर्नेछ ।
गत हप्ता शनिबार उद्घाटन भएको महासमिति बैठक पार्टी केन्द्रीय समितिमा विधान संशोधनको प्रस्तावमा सहमति जुट्न ढिला हुँदा अझै जारी छ । केन्द्रीय समितिमा सहमति भएपछि विधान छापेर बाँड्दा ढिला भएको केन्द्रीय कार्यालयका मुख्सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।