काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट पुर्याइएको छ।
शनिबार राति उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएका अधिकारीको केहीबेरमा आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदैछ। आइबार बिहान बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले पूर्वउपप्रधान तथा अर्थमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।
यसअघि अधिकारीको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो।